दफा ११
सुरक्षा तथा सवारी चालकको व्यवस्था

(१) प्रधान न्यायाधीश र न्यायाधीशको सुरक्षाको निमित्त नेपाल सरकारले अनुसूची–२ मा उल्लेख भए बमोजिमको सुरक्षा कर्मचारीको व्यवस्था गर्नेछ ।

(२) प्रधान न्यायाधीश र न्यायाधीशको सवारी चलाउनकोे निमित्त नेपाल सरकारले अनुसूची–२ मा उल्लेख भए बमोजिमको सवारी चालकको व्यवस्था गर्नेछ ।